काँग्रेस नेतामाथि एमाले उदण्ड समुहद्वारा आक्रमण, घाइतेको अवस्था गम्भीर

766
views

धादिङ, ८ मंसिर । नेपाली काँग्रेस धुवाँकोटका संयोजक सन्तोष बस्ताकोटीमाथि धारिलो हतियार प्रहार गरिएको छ । नीलकण्ठ नगरपालिका–१४ अन्तर्गत काँग्रेस निर्वाचन परिचालन समितिका संयोजक बस्ताकोटीलाई एमालेका उदण्ड कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको काँग्रेसले जनाएको छ ।

नीलकण्ठ नगरपालिका–१४ धुवाँकोट निवासी २६ वर्षीय वस्ताकोटीलाई सोही वडाका वडाप्रमुख रोशन तामाङ सहितको ९ जनाको समूहले आज बिहान ६ घरमै रहेको समयमा आक्रमण गरेको परिवारले जनाएको छ । बस्ताकोटीको टाउको र दुवै खुट्टामा गम्भिर चोट लागेको पनि परिवार र आफन्तले जनाएका छन् ।

घाइतेको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत काठमाण्डौ ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको नेपाली काँग्रेस धादिङका सभापति तथा प्रदेश सभाका उम्मेदवार रमेश धमलाले प्रतिक्रिया दिएका छन् ।

धमलाले आक्रमणमा सम्लग्नको पहिचान भएको र तत्काल उनीहरुलाई कानुनी कारवाही नगरे प्रतिरोधमा उत्रने पनि बताएका छन् । सो घटनामा उनीहरुले प्रयोग गरेको गाडी सहित प्रहरीले पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।