मलेसिया र नेपाल भिड्दै कठिन यात्रामा नेपाल

758
views

काठमाण्डौ, ८ मंसिर । टि–२० महिला विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गको चौथो खेलमा आज नेपालले मलेसियाको सामना गर्ने भएको छ ।

थाईल्याण्डमा जारी प्रतियोगिताबाट अन्तिम चरणको छनोटमा पुग्ने सम्भावना जीवित राख्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ । समूहको पहिलो र दोस्रो खेलमा अंक बाँड्न बाध्य र तेस्रो खेलमा बिहीबार युएईसँग ५ रनले पराजित भएपछि नेपालको बाटो कठिन बनेको छ ।

युएईले प्रस्तुत गरेको ८० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमात्र जोड्न सक्यो । नेपालले आज मलेसियासँग खेलेपछि समूहको अन्तिम खेलमा आइतबार चीनसँग प्रतिष्पर्धा गर्ने छ ।