आर्थिक विकास र निकासका लागि काँग्रेस- उपप्रधानमन्त्री श्रेष्ठ

760
views

स्याङजा ९ मंसिर । उपप्रधान एंव शिक्षामन्त्री गोपालमान श्रेष्ठले आर्थिक विकास र निकासका लागि नेपाली काँग्रेसको जित आवश्यक रहेको बताएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकामा शुक्रबार आयोजित चुनावी आमसभामा श्रेष्ठले ‘विकासको गतिलाई अगाडि बढाउन काँग्रेसको जित हुनुपर्ने बताए ।
नेपाली काँग्रेसबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहेका श्रेष्ठले स्याङजामा अधुरा कार्यलाई पूर्णता दिने आफुले जितनुपर्ने बताए ।