महिलाविरुद्ध हिंसा निर्मुल पार्नुपर्छ –राष्ट्रपति

660
views

काठमाडौं, ९ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवस २०७४ का अवसरमा सम्पूर्ण नेपालीलाई सुख, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिनुभएको छ ।


आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले शिक्षा तथा चेतनाको कमीले गर्दा नेपाली महिला हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य भएको उल्लेख गर्दै समाजमा चलिआएका अन्धविश्वास, कुरीति र कुसंस्कारको अन्त्यका लागि नागरिक समाजले चेतना फैलाउनुपर्ने बताउनुभएको छ ।
दिवसले समाज, देश र अन्तर्रा्ष्ट्रियस्तरमा महिला हिंसालाई निषेध र निरुत्साहन गर्ने कार्यमा लागेका सबैलाई सफलता मिलोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।
संयुक्त राष्ट्र संघको महासभाले प्रत्येक वर्ष नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्रा्ष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । यस वर्ष ‘लैंगिक हिंसा अन्त्यका लागि सबै जुटौँ स् कोही नछुटौँ’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदैछ ।