गोरखामा भट्टराई र श्रेष्ठको आ–आफ्नै जितको दाबी

577
views

गोरखा । नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ दुबैले आ–आफ्नै जीतको दावी गरेका छन् ।

गोरखा–२ मा आफूले आफैलाई मतदान गरेपछि दुबै नेताले यस्तो दावी गरेका हुन् । भट्टराईले विहान ९.२५ बजे गोरखा–२ मा पर्ने पालुङटार नगरपालिका–१ को अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गरेका थिए ।

श्रेष्ठले पनि गोरखा–२ मा पर्ने सिरानचोक–८ जौवारीस्थित परोपकार उच्च माविमा राखिएको मतदान केन्द्रबाट मतदान गरे ।

भट्टराईले भने दुवै संविधान सभामा यहाँका मतदाताले विजयी गराएका हुन’ ‘यस पटकपनि विजयी गराउनेछन् ।’ श्रेष्ठले भने नयाँ उम्मेदवार र क्रान्तिकारी शक्तिको पक्षमा रहेका गारेखावासीले अत्यधिक मतले जिताउने विश्वास गरेको छु ।