अधिकाँस चुनावी सभामा काँग्रेस आलोचना मै केन्द्रित छन् ओली

923
views

पोखरा । वाम गठवन्धन पछिका चुनावी सभाहरुमा केपी शर्मा ओलीका प्राय दिनहरु काँग्रेसकै सत्तोसरापमा विते । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्र िसमेत रहेका ओलीले पोखरामा शनिवार आयोजित चुनावी सभामा पनि काँग्रेसलाई नै सत्तोसराप गर्दै भने ‘पुषपछि बन्ने कुनैपनि सरकारमा नेपाली कांग्रेस हुँदैन ।’

पोखराको रानिपौवामा आयोजित वाम गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको कांग्रेस पहिलेको जस्तो नरहेको पनि बताए । उनले कांग्रेस सिद्धान्तमा एउटा र व्यवाहरमा अर्कै भएको भन्दै समाजवादबाट डराएको आरोप समेत लगाए ।

कांग्रेस पूर्ण रुपमा विग्रदै गएको उल्था गाँस्दै ओलिले भने कांग्रेस नेतृत्वको वर्तमान सरकार नै अन्तिम सरकार भएको दावी गरे ।

आफ्नो भनाईको अधिक समय कांग्रेसको आलोचनामै खर्चेका ओलीले ‘तपाइँहरुलाई थाहै छ, कृष्णप्रसाद भट्टराईले पनि अन्तिम समयमा आएर कांग्रेस छाड्नुभो’, विपी अहिलेसम्म जीवित भएको भए कांग्रेस छाडेर एमालेमै प्रवेश गर्ने हेक्का समेत लिए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफूले दुई पार्टीका बीचमा एकता गर्ने कुरा लहडमा गरेको नभई जिम्मेवारी पूर्वक गरेको बताए । ‘हामीले लहडले, चुनजाव जित्ने मनासयले मात्रै एकताको कुरा गरेका होइनौँ’, उनले भने, ‘जिम्मेवारी बोधका साथ देश बनाउनका लागि एकताको कुरा गरेका हौँ ।’

उनले माओवादी र एमाले एउटै पार्टी भएको भन्दै चुनाव चिन्ह जे भए पनि त्यसैमा भोट हाल्न दुवै पार्टीका कार्यकतर्थालाई आग्रह गरे ।

अध्यक्ष ओलीले वामपन्थीको सरकार बनेपछि वृद्धभत्ता बुझ्न कतै जानै नपर्ने दावी गरे । उनले भने, ‘पुसमा वामपन्थीको सरकार बन्छ, त्यसपछि पाँच÷पाँच हजार भत्ता जनताको घरदैलोमै आइपुग्छ ।’

पोखरा पर्यटकीय नगरी भएको र यहाँको प्रचुर सम्भावनालाई परिचालन गरेर समुन्नत पोखरा बनाउन सकिने बताए ।