चरिकोटका दुई गाउँमा शंकाष्पद वस्तु फेला

1012
views

दोलखा, १० मंसिर । दोलखा सदरमुकाम चरिकोटका दुई गाउँमा शंकास्पद बस्तु फेला परेको छ । आिज विहान सडक डिभिजन कार्यालय अगाडिको सडकमा शंकास्पद बस्तु फेला परेको हो ।


बाटो हिँड्ने स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रशासनलाई खबर गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी बालकृष्ण कटुवाल जानकारी दिनुभयो ।

यसैगरी, लामासाँघु–जिरी सडकखण्डमा पर्ने भिमेश्वर नगरपालिकास्थित बालगृह अगाडि शंकास्पद बस्तु फेला परेको छ । मतदातालाई तर्साउनका लागि पाइप भित्र शंकास्पद बस्तु राखेको हुन सक्ने सहायक प्रजिअ कु्वालको भनाई छ ।