तोडियो काँग्रेस किल्ला पाङ ! वामपन्थीको हावी

1114
views

पर्वत, १० मंसिर । काँग्रेस किल्लाको रुपमा मानिदै आएको पाङमा वामपन्थी हावी भएको छ । कुनपा–१ पाङ निवासी नेत्रनाथ अधिकारीको उम्मेदवारीले पाङ वामपन्थीमय बनेको हो । कुश्मा नगरपालिका वडा नं १ पाङ्गलाई काँग्रेसको आश्वासन बढी काम थोरै भएको भन्दै पाङ वामपन्थीका लागि बहुमतको किल्ला भएको स्थानीयले बताएका हुन् ।


पर्वतको प्रदेश सभा ‘क’ मा पाङ्गकै बासिन्दा नेत्र अधिकारी बाम गठबन्धनबाट उमेदवार बनेपछि चुनाबी माहौल नै फरक देखिएको हो । स्थानीय पाङवासी भन्छन ‘बाहिर जे हल्ला चलेपनि चलोस हामी यसपटक बिवेक गुमाउँदैनौ’ उनीहरु पाङ्गले जन्माएको छोरालाई पाङले नै बहुमत दिलाईदिने उद्घोष समेत गरेका छन् ।
युवा केन्द्रित राजनीतिले व्यक्तित्व निर्माण गरेका वाम गठवन्धन प्रतिनीधि सभाका उम्मेदवार पदम गिरी र पाङकै जन्म ठाउँका अधिकारीले पाङवासीलाई मोड्न सफल भएका छन् ।
नेत्र अधिकारी र पदम गिरीलाई अत्याधिक मत दिने धारणा राखेका छन । तल्लो पाङ्गमा भने नेपाली कांग्रेसले नै बहुमत लैजाने धारणा पनि स्थानीयले देखाए । २०५६ मा बुथ नै कब्जा गरि एमालेलाई हराउन बिशेष भूमिका खेलेको थियो पाङ्गले । यहाँका जनताले २०६४ र २०७० मा पनि जोशीलाई सोचे अनुसार मत दिएका थिएनन । यस पटक कांग्रेसका प्रदेशसभाका उमेदवार नवराज गुरुङ्गको पक्षमा भने त्यहाँ सहानुभूति र समर्थन राम्रै देखिएको छ ।
प्रतिनिधीसभाका उमेदवार अर्जुनप्रसाद जोशीको तुलनामा नवराज गुरुङ्गले बढी मत लैजाने स्वयँ कांग्रेसकै मतदाता बताउँछन । यसैबिच बामगठबन्धननबाट प्रदेशसभा ‘क’ का उमेदवार नेत्र अधिकारीले पाङ्गमा घरदैलो सम्पन्न गरेका छन । अधिकारीले तल्लो पाङ्ग, टार, आगाँखेत, ढकढके लगायतका बस्तीमा टोलसभा र घरदैलो सम्पन्न गरेपछि अब काँग्रेसको किल्लामा ब्रेक अप भएको छ ।