हुम्लाको रारा आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदाता नआएपछि…

767
views

हुम्ला । हुम्लाको शंखेली गाउँपालिका–३ मा रहेको रारा आधारभूत विद्यालय मेखाला मतदान केन्द्रमा मतदाता नै नआएपछि मत केन्द्रका कर्मचारी पाली गाँसेर मतदाता कुरेका छन् ।
११९ मतदाता रहेको उक्त केन्द्रमा एकजना पनि मतदाता उपस्थित नभएपछि आयोगका कर्मचारी र सुरक्षाकर्मी घाम ताप्दै मतदाता कुरेका हुन् । स्थानीय तहको पुनःसंरचनामा असन्तुष्ट स्थानीयले विज्ञप्ति सार्वजनिक गर्दै मतदानस्थलमा नगएको र विप्लव नेतृत्वको नेकपाले स्थानीयको माग समर्थन गरेपछि मतकेन्द्रमा नगएको बुझिएको छ ।

डीएसपी कमल प्रकाश नेपालले विज्ञप्ति टाँसेर गाउँले मतदानस्थलमा उपस्थित नभएको जानकारी दिए । उक्त मतदान केन्द्र सदरमुकामबाट ४० कोस टाढा पर्छ ।