काठमाण्डौ महानगरमा दुई थप अभियान, १४ मेट्रिक टन धुलो संकलन

1142
views

काठमाडौं । क्लिन द सिटी अभियानमा महानगरको वातावरण व्यवस्थापन विभागले २ वटा क्रियाकलाप थप गरेको छ । सडक बढारेर धुलो संकलन गरिँदै आएकोमा अहिले रातको समय पारेर सडक पखाल्ने र सडक विभागसँगको सहकार्यमा ढलको माटो निकाल्ने अभियान चलाइएको छ ।

आइतबार राती सुन्धारा आइल्याण्डबाट शुरु गरिएको सडक पखाल्ने काम महाङ्काल मन्दिरसम्म पु¥याइएको थियो । सोमबार विहान भने महाङ्कालबाट रत्नपार्क हुँदै भद्रकालीसम्म सडकको धुलो संकलन गरिएको छ ।

महानगरको वातावरण व्यवस्थापन विभाग, नगर प्रहरी महाशाखा र सडक विभागका कर्मचारी गरी ५० जनाको टोलीले सफाइका क्रममा १४ मेट्रिक टन धुलो बटुलेको कार्य सञ्चालन शाखा प्रमुख मीनबहादुर थापाले जानकारी दिनुभयो ।

रत्नपार्क र टुँडिखेल केन्द्रीत सफाइ चलिरेहकोमा यसलाई विस्तार गरेर, पुतलीसडक, बालुवाटार, शितल निवास, प्रधानमन्त्री निवास, एअरपोर्ट लाइनलगायतका क्षेत्रमा पु¥याइने छ ।