अलैंची कृषकलाई पाठाशाला

1230
views

इलाम । अलैंचि प्रवद्र्धन गर्न पाठशाला बगान मौलाउँदै गएपनि रोगको प्रकोप फेरि बढ्ने देखिएपछि अलैंचि धेरै उत्वपादन हुने क्षेत्रमा कृषक पाठशाला सुरु गरिएको छ । अलैंचिको उत्पादनलाई गुणस्तरीय बनाउदै रोग निदानका लागि कृषकलाई दक्ष बनाउने उदेश्यले पाठशाला सुरु गरेको हो ।


सम्बन्धीत क्षेत्रमा बगान छनोट गदै बगानमानै दश महिनासम्म नियमित कृषकलाई व्यावहारिक ज्ञान प्रदान गर्न थालिएको हो । बगानमा देखिने रोग किरा र यो अवधिमा आएको परिवर्तनलाई विज्ञमार्फत कृषकले प्रत्यक्ष रुपमा बुझ्न र अध्ययन गर्न सक्नेछन । अलैचिलाई चाहिने मल र सिचाएको व्यावस्थापन रोग किरा नियन्त्रणका लागि पनि कृषकले बगानमा नै प्रत्यक्ष रुपमा प्रयोग गरेर ज्ञान लिनेछन ।
अलैचिका लागि १८ व्टा स्थानमा यस्तो पाठशाला निर्माण गरिएको हो । अलैंचिमा लागेको रोग तत्काल हटाउने अचुक औषधि अहिलेसम्म भेटिएको छैन देउमाइ नगरपालिकाका कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले भने । आजको कान्तिपुर दैनिकबाट