मतपेटीका ओसार पोसारमा सुरक्षाकर्मीलाई रोक

579
views

काठमाण्डौ । आयोगले मतदान पछि मतपेटिका ओसारपोसारमा शसस्त्र सुरक्षाकर्मी प्रयोगमा रोक लगाएको छ । बन्दुक बोकेका सुरक्षाकर्मीले मतपेटिका बोक्न नहुने मान्यता अनुसार आयोगले मतदान केन्द्रमा खटिएका कर्मचारी र स्वयमसेवक नै मतपेटिका बोक्नुपर्ने निर्देश गरेको हो । सुरक्षाकर्मी मतपेटिका भण्डारण गरिएको बाहिरी भागमा मात्रै सुरक्षाकर्मी परिचालन हुनेछ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रशाद यादवले मतपेटिकाको सुरक्षालाई लिएर कुनै प्रकारको शंका उपशंका नपाल्न आग्रह गरे । मतपेटिका बेल्कुलै सुरक्षित रहन्छन राजनीतिक दल र उम्मेदवारलाई विश्वासमा लिएर मात्रै मतपेटिका राख्ने व्यावस्था मिलाएको छ , उनले भने लामो अवधि मतपेटिका रुँगेर बस्नुपर्दा दल र उम्मेदवारका प्रतिनिधिलाई कठिनाई हुनेछ ।
सुरक्षा व्यावस्थामा मतदानमा झै पहिलो घेरामा प्रहरी दोस्रो घेरामा शसस्त्र प्रहरी राखिएको छ । निर्वाचन अधिकृतले आवश्यकता अनुसार नेपाली सेनाको सहयोग लिन सक्ने मतगणना निर्दे्शिकामा आयेगले निर्देश गरेको छ। आवश्यकता अनुसार मतपेटिका भण्डारण गरिएको कक्षमा सीसी क्यामेरा समेत लगाउन सकिनेछ, उनले भने । आजको कान्तिपुर दैनिकबाट