हुम्लामा तारा एयरको विमान दुर्घटना, चार घाईते

788
views

हुम्ला । हुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । हुम्लाको सिमकोट विमानस्थलमा तारा एयरलाइन्सको विमान दुर्घटना भएका हो ।

कल साइन ९ एनएबिएम विमान हुम्लाबाट सुर्खेत उड्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कमल प्रसाद नेपालले जानकारी दिएका छन् ।

। विमानको टायर पञ्चर भएका कारण दुर्घटना भएको बताइएको छ । उनका अनुसार विमान चालक, एयरहोस्टेस, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान गरी चार जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ ।