नेतृ सू चीलाई दिइएको सम्मान ’फिर्ता’

640
views

म्यानमार । म्यानमारकी नेतृ आङ सान सू चीलाई दिइएको ’फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिइएको छ । सन् १९६० को दशकमा उनले त्यहाँ विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् ।
स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक रोहिंज्यामाथिको दमनबारे सू चीले कुनै कदम नचालेको आरोप लगाएका छन् । उनीहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यसअघि प्रसिद्ध अक्सफर्ड विश्वविद्यालयको सेन्ट ह्युज कलेजले सू चीको तस्वीर कलेजबाट हटाइसकेको छ ।
संयुक्त राष्ट्रसंघले म्यानमारको सेनाले मुस्लिम रोहिंज्यामाथि गरेको व्यवहारलाई ’पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भन्दै आएको छ । तर सू चीले त्यो अस्वीकार गर्दै आएकी छन् ।