छैटौं म्याग्दी महोत्सवमा भलिबल र बास्केटबल प्रतियोगिताको आयोजना

946
views

बेनी, १४, मंसिर । आउँदो पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुने छैटौ म्याग्दी महोत्सवको अवसरमा स्थानीय तह स्तरीय भलिबल र बास्केटबल प्रतियोगिताको आयोजना गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा हुन लागेको महोत्सव अन्तरगत धौलागिरी क्षेत्रका गाउँ नगरपालीका स्तरीय महिला पुरुष भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो संघले जनाएको छ ।

संघका सहकोषाध्यक्ष सुमन श्रेष्ठको संयोजकत्वमा गठन गरिएको प्रतियोगिताको उपसमितिले यसको तयारी भइरहेको जनाएको छ ।

प्रतियोतिामा पुरुष भलिबलको बिजेतालाई ७७ हजार सातसय ७७ उपबिजेतालाई ४४ हजार चारसय ४४ र अनुशाषीत टिमलाई तिन हजार रुपैया नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

महिला भलिबलमा प्रथमलाई ४४ हजार चारसय ४४, दितीयलाई २२ हजार दुईसय २२ र अनुशाषित टिमलाई दुई हजार रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

पुरुष बास्केटबल प्रतियोगितामा प्रथम हुनेलाई ३३ हजार ३३३ र दितीय हुनेलाई २२ हजार दुईसय २२ रुपैया प्रदान गरिने भएको छ ।

नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाण पत्रको व्यवस्था पनि गरिएको छ । यसैगरी खुल्ला एकल लोक नृत्य प्रतियोगिताको बिजेतालाई ११ हजार १११ र दितृयलाई पाँच हजार ५५५ तथा खुल्ला सामुहिक लोक नृत्यमा बिजेतालाई २२ हजार २२२ र उपबिजेतालाई ११ हजार १११ रुपैया पुरस्कार प्रदान गरिने संघले जनाएको छ । महोत्सवमा महिला, पुरुष लठो तान्ने, छेलो हान्ने, अन्धनिशान प्रतियोगिताका साथै जातजातीको झाँकी र भेषभुषा प्रर्दशनीको समेत आयोजना गरिएको छ ।