शंकरपोखरीमा वृहत खानेपानी आयोजना शुरु, एक घर एक धारा निर्माण

1398
views

महेन्द्र जिसी
पर्वत, १४ मंसिर। खानेपानीको अभाव थेगिरहेको साविक शंकरपोखरी गाविस हालको फलेवास नगरपालिका–३मा वृहत खानेपानी आयोजना शुरु हुनेभएको छ ।

आउँदो पौष देखि वृहत खानेपानीको आयोजना सञ्चालन हुने भएको हो । स्याङजा पर्वतको सिमाना डहरे देउराली खानेपानी आयोजना मार्फत ल्याइएको खोनपानी जीर्ण भई घरकुरियालाई नपुगेपछि शंकरपोखरीवासीले पानीको समस्या पून झेल्दै आएका छन् ।

यहाँका वासिन्दाले झण्डै दुइृघण्टाको बाटोमा रहेका कुवा, खोल्साखाल्सीका धारा पँधेराबाट पिउने पानी बोक्नुपर्ने वाद्ययता अझै हटेको छैन् ।

आउँदो पौष महिनादेखि नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको २४ करोड लागतमा वृहत खानेपानी आयोजना सञ्चालन हुने भएको हो ।

उच्च भेगीय क्षेत्रका सातसय भन्दा बढी जनसंखयालाई लक्षित गरि काम अगाढी बढाउन लागिएको खानेपानी तथा सरसफाई डिभिजिन कार्यालय पर्वतले जनाएको छ ।

गत जेष्ठमा स्थलगत सर्वे गरि टेण्डरको प्रकृया शुरु गरीएको डिभिजन प्रमुख प्रेम डोटेलले बताउनुभएको छ ।

डोटेलले आयोजनाको लागत स्टिमेट तयार भईसकेको र टेण्डरको काम पुरा भएलगत्तै निर्माण प्रकृया अगाढी बढने बताउनु भयो । उक्त आयोजनाको समयावधी दुई वर्ष मात्र रहेको पनि कार्यालयले जनाएको छ ।

डोटेलका अनुसार पाँच वटा मुलको पानी लिप्ट पद्धति मार्फत तानेर एक हजार देखी पाँच हजार सम्मका टयाङ्की निर्माण गरीनेछ । आयोजनाले पाँच बटा टयाङ्की निर्माण गरेर मिटर पद्धती मार्फत स्थानीयलाई पानी वितरण गर्ने जनाएको हो ।

एक घर एक धाराको अवधारणा अनुरुप खानेपानीको आयोजना लागु गरीएको कार्यालयले जनाएको हो । वडा अध्यक्ष अर्जुन बहादुर कार्कीले वडाका उच्च वस्तीहरुलाई लक्षित गरेर आयोजना निर्माणको चरणमा रहेको बताउनु भयो ।

आयोजना सम्पन्न भएपछि उक्त वडाका ११ सय घर कुरीया मध्ये सात सय भन्दा बढी लाभान्वीत हुने कार्कीले बताउनु भयो । आउँदो ०७५ साल असार मसान्तमा सबै घरमा धार जडान हुने समेत कार्कीले बताउनु भयो ।