चुनावी सभामा भएको बम विष्फोटमा चारजना गम्भिर घाईते

775
views

ईटहरी, १४ मंसिर । काँग्रेसले आयोजनाको गरेको चुनावी सभामा बम विष्फोट हुँदा चारजना सर्वसाधारण गम्भिर घाईते भएका छन् ।

सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कोणसभा भएको विष्फोटमा परि सर्वसाधारण गम्भीर घाइते भएका हुन् ।

विष्फोटमा एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएको स्थानीयले जनाएक छन् ।

घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न स्थानीय गोविन्दि घिमिरेले जानकारी दिए ।

बम विष्फोटपछि चुनावी सभामा भागदौड भएको थियो । बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले बताए ।