विश्वकप फुटबलको ड्र सार्वजनिक

660
views

काठमाण्डौ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ । शुक्रबार रसियाको राजधानी मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो ।

वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो । प्रत्येक पोर्टबाट १(१ टिम ८ समूहमा परेका छन्। हरेक समूहका विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा पुग्नेछन् ।

समूह ए
– रसिया
– साउदी अरेबिया
– इजिप्ट
– उरुग्वे

समूह बी
– पोर्चुगल
– स्पेन
– मोरक्को
– इरान

समूह सी
– फ्रान्स
– अस्ट्रेलिया
– पेरु
– डेनमार्क

समूह डी
– अर्जे्न्टिना
– आइसल्यान्ड
– क्रोएसिया
– नाइजेरिया

समूह ई
– ब्राजिल
– स्विट्जरल्यान्ड
– कोस्टारिका
– सर्विया

समूह एफ
– जर्मनी
– मेक्सिको
– स्विडेन
– दक्षिण कोरिया

समूह जी
– बेल्जियम
– पानामा
– ट्युनिसिया
– इंग्ल्यान्ड

समूह एच
– पोल्यान्ड
– सेनेगल
– कोलम्बिया
– जापान

समूहको पहिलो खेलमा पोल्याण्डले १९ जुनमा सेनेगलसँग खेल्नेछ। प्रतियोगिताको उद्घाटन खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ आयोजक रूस र साउदी अरेबिया बीच हुनेछ ।

समूह चरणको अन्तिम खेल एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल यही रंगशालामा जुलाई १५ मा खेलिने छ । प्रतियोगिताका लागि विभिन्न ३२ देशले एक महिनासम्म प्रतिश्पर्धा गर्नेछन्।