कांग्रेसको सभा स्थल नजिक बम विष्फोट हुँदा भागाभाग

682
views

ललितपुर । ललितपुरको चापागाउँको प्याङगाउँमा बम विष्फोट भएको छ । नेपाली कांग्रेसले आयोजना गरेको चुनावीसभालाई लक्षित गरेर प्रेसर कुकर बम विष्फोट भएको हो ।विष्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । ललितपुरमा पछिल्लो २४ घन्टामा बम विस्फोट भएको यो दोश्रो पल्ट हो ।

शुक्रबार बेलुकी पनि ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा बम विस्फोट भएको थियो ।