अमृत चापागाई
चितवन, माडी । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ले जनवादी क्रान्ति पुरा नभएको बताउँदै अर्को क्रान्तिका लागि जुट्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । महासचिव बैद्यले चितवनको माडीमा शनिवार आयोजित चुनावी सभालाई संवोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले क्रान्ति भनेको शोषक पीडकको हातबाट शोषित पीडितको हातमा आउने व्यवस्था भएको तर नेपालमा प्रतिक्रानित भई देशको शासन सत्ता पून शोषक पीडककै हातमा गएको पनि स्पष्ट पार्नुभयो ।
महासचिव बैद्यले लालगद्दारहरुका कारण नेपाली क्रान्तिले प्रतिक्रान्ति व्योहोर्नु परेको उललेख गर्दै पञ्चायति कालको मन्त्रिपरिषद देखी जनयुद्धपछिको मन्त्री परिषदमा समेत शोषक वर्ग नै भएकोले परिवर्तन हुन नसकेको बताउनुभयो ।
बैद्यले नेकपा –क्रान्तिकारी माओवादी) ले देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत क्रान्तिकारी उपयोगको लागि चुनावमा सहभागी भएको भन्दै वर्तमान व्यवस्थाका विरुद्ध अगाडी बढेको बताउनुभयो ।
महासचिव बैद्यले २०४८ सालको चुनावमा यहि क्षेत्रबाट समेत विजयी भई चुनावको उपयोग गरेको र पछि महान जनयुद्ध समम भएको उल्लेख गर्दै फेरी पनि जनताको बिचमा जान र प्रतिक्रियावादी सत्ताको विरुद्द उत्रिन चुनाव उपयोग गरेको स्पष्ट पार्नुभयो ।
उहाँले क्रान्तिलाई ठूलो धोका र गम्भिर आघात पुगेको वेला जनवादी क्रान्तिलाई नयाँ मोडलबाट उठाउने तयारीका निमित्त निर्वाचनको उपयोग गरेको बताउनुभयो ।
उहाँले क्रान्ति सम्पन्न भयो भन्ने भ्रमबाट मुक्त हुन आग्रह गर्दै मूलुकको परिवर्तन र जनवादी क्रान्तिका लागि देशभक्त जनगणतान्त्रिक मोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन समेत आम मतदालाई आग्रह गर्नुभयो ।