बिबाहित जोडिद्वारा विद्यालयलाई युरो गार्ड

2377
views

दीपसागर पौडेल
पर्वत, १७, मंसिर । कोही बिवाहलाई निकै खर्चिलो बनाउँछन् । कसैले विवाहमा लाग्ने खर्च कटाएर सामाजिक कार्यमा लगाउँछन् । तर यहाँको एक परिवारले विवाहमा लाग्ने फजुल खर्च कटाएर एक विद्यालयलाई सहयोग गरेका छन् ।
आफ्नो नव दाम्पत्य जीवनको अवसरमा श्री खरेहा प्राविका विद्यार्थीलाई स्वच्छ पानी पिउने अवसर दिलाउँदै यूरो गार्ड उपलब्ध गराइएको हो ।

कुश्मा नगरपालिका–७ का सागर पौडेल र यमुना पौडेल गौतमले विवाहको अवसरमा भोज खर्च कटाएर विद्यालयलाई युरो गार्ड हस्तानान्तरण गरेका हुन् । बुबा हेम स्मृति कोषको तर्फबाट छोराहरु वालकृष्ण शर्मा, सन्तोष पौडेल र सागर पौडेलले उक्त युरो गार्ड विद्यालयका अध्यक्ष रुद्र प्रसाद शर्मा र प्रधानाधयापक नारायण गिरीलाई हस्तानान्तरण गरेका हुन् ।

विवाहित जोडी सागर र यमुना पौडेलले विद्यार्थीको स्वास्थ्य हेरचाहमा सहयोग पु¥याउने हेतुले उक्त सामान हस्तानान्तरण गरेका हुन् । हेम स्मृति अक्षय कोषका अध्यक्ष लाल प्रसाद सुवेदीले स्वच्छ पिउने पानीका लागि उपलब्ध गराइएको युरो गार्डले विद्यार्थीको स्वास्थ्यमा लाभ हुने बताए ।