कालिका एफएममा प्रचण्डको समाचार प्रशारणमा रोक

809
views

चितवन, १७, मंसिर । चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका विक्रम पाण्डेको एफएम कालिका एफएममा प्रचण्डको समाचार प्रशारणमा रोक लगाइएको छ । नेपाली कांग्रेसको समेत समर्थनमा उम्मेदवार बनेका पाण्डेको एफएममा प्रचण्डको प्रशारणमा रो लगाइएको हो ।
बाम गठवन्धनका उम्मेदवार प्रचण्ड र काँग्रेस सर्मथनका उम्मेदवार पाण्डे चुनावी मैदानमा उत्रिएका छन् । दुवै उम्मेदवार आफूलाई योग्य सावित गराउन विपक्षीमाथि कडा प्रहार गर्दै आएका छन् ।
निर्माण व्यवसायी र संचार उद्यमी समेत रहेका पाण्डेले चितवनको भरतपुरमा कालिका एफएम सफल रुपमा संचालन गरेका छन् । अहिले चुनावका बेला उनले आफ्नो एफएममा प्रतिस्पर्धी दाहालसँग सम्बन्धित समाचार प्रशारमा बन्देज लगाएका हुन् ।
राष्ट्रिय नेता मात्र नभै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डको समाचार अन्य मिडियाले खोजीखोजी प्रशारण प्रकाशन गरिरहेका बेला मध्यपश्चितमकै उत्कृष्ट भनिने कालिका एफएमबाट भने प्रचण्डको समाचार बजाइएको छैन ।
विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि प्रचण्डको समाचार नबजाएको बताइएको छ । कालिका एफएम समाचारमुलक कार्यक्रमका लागि त्यस क्षेत्रमा रुचाइएको संचार माध्यम हो ।