गौचन हत्याकाण्डका मुख्य आरोपी पक्राउ

789
views

काठमाण्डौ, १७, मंसिर । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैंलोरबाट पक्राउ गरेको हो । प्रहरीको अनुसन्धान प्रतिवेदनअनुसार मुख्य अभियुक्त समिरमान सिंह बस्नेत रहेको दाबी गरिएको थियो ।
बस्नेत समातिए पनि गौचन हत्याका अन्य आरोपीहरु मनोज पुन, लोप्साङ, बोका भन्ने गंगा लिङ्देन (लिम्बु), श्याम बहादुर गुम्बे, काले दाइ भन्ने अम्बरबहादुर राना, रोशन बुढाथोकी र अजय थापा भने फरार छन् ।
प्रहरीका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक प्रहरी टोलीले उनलाई बैंलोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो ।