नारायणगोपाल स्मृति सम्मान गायक सिके रसाइलीलाई

839
views

काठमाण्डौ, १७, मंसिर । काठमाडौँ । नारायणगोपाल संगीत कोषले यस वर्ष नारायणगोपाल स्मृति सम्मान वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई प्रदान गर्ने भएको छ ।
नारायणगोपालको २७ औँ स्मृति दिवसका अवसरमा मंसिर १९ गते प्रदान गर्ने उक्त सम्मानको राशि रु ५० हजार र सम्मानपत्र रहेको छ ।
त्यसैगरी गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भैरवनाथ रिमाल कदम, कञ्चन पुडासैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई वरिष्ठ गीतकारका रुपमा सम्मानित गरिने कोषका महासचिव उषा शेरचनले जानकारी दिए ।