दक्षिण कोरियामा डुंगा र ट्यांकर ठोक्किँदा १३ को मृत्यु

792
views

मंसिर १७ गते । दक्षिण कोरियामा एउटा डुंगा ट्यांकरमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । अन्य दुई जना हराइरहेका छन् ।इन्चोन सहरको दक्षिण पश्चिम क्षेत्रमा योङहेङ टापुनजिक माछा मार्ने डुंगा ३३६ टनको ट्यांकरसँग ठोक्किएको थियो । डुंगामा २० जना यात्रु र दुई चालकदलका सदस्य थिए ।
ठोक्किएपछि डुंगा उल्टिएको थियो । हराइरहेकाहरुको खोजी जारी छ । नौसैनिक हेलिकप्टर दर्जनौँ पानी जहाज खोजीदलमा सामेल छन् । घाइते सात जनालाई उपचारका लागि अस्पताल पु¥याइएको छ । एजेन्सी