कांग्रेसले पराजय स्वीकार गरेपछि बाम गठबन्धन विरुद्ध कु–प्रचारमा लाग्यो–नेपाल

722
views

काठमाण्डौ, १७, मंसिर । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनाव अगावै काँग्रेसले पराजय स्विकार गरिसकेको बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालको मिडिया डेस्कद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कांग्रेसले पराजयको स्वीकार गरेकै कारण वाम गठबन्धनविरुद्ध कू–प्रचारमा लागेको दाबी गरे ।


नेता नेपालले जनताको मनोभावना र चुनावी माहौल वाम गठबन्धनलाई बहुमत दिनेतर्फ उर्लिएपछि अत्तालिएको कांग्रेसले भ्रमपूर्ण कू–प्रचारमा लागेको बताए ।
उनले काँग्रेससँग जनताको बीचमा जाने एजेण्डा एजेण्डा समेत नभएकोले पहिले–पहिले जस्तै कम्युनिष्ट सरकार आए बुढाबुढी मार्न खाल्डो खन्छ भनिरहेको बताए ।
बरिष्ठ नेता नोपलले ०४६ पछि तिनपटक बहुमत दिँदा पनि देश सम्हाल्न नसक्ने कांग्रेसलाई किन मत दिने प्रश्न गरिरहेको भन्दै यस पटक वाम गठबन्धनलाई बहुमत दिएर जिताउन आँतुर बनिरहेको दाबी गरे ।
‘बिहानीले दिउँसोको संकेत गरे जस्तै पहिलो चरणको निर्वाचनले वामपन्थीको पक्षमा जनलहर देखिएको छ, अब देशमा बहुमतसहितको सरकार बन्छ’ नेपालले भने ‘भ्रष्ट्राचार र ढिलासुस्तीको अन्त्य, कानुनी शासनको प्रत्याभूति, विकासको अभियान तीब्र बनाएर रोजगारीको अवसर सिर्जना गर्न तथा सुःखी नेपाली र समृद्ध नेपालको नारा साकार पार्न जनताले वाम गठबन्धनलाई जिताएर बहुमतको सरकार बनाउनुपर्ने बताए ।
तालमेलमा कांग्रेसको खुवी
एमाले नेता नेपालले एमाले र माओवादी केन्द्रको चुनावी तालमेलले चुनावलगत्तै एकीकरणको रुप लिने पनि प्रष्ट पारे । उनले माओवादी केन्द्र र एमालेका बीच एकीकरणसमेत गर्नेगरी चुनावी तालमेल गरेको बताउँदै कांग्रेसले गरेको तालमेलको प्रयास देशैभर असफल भएको जिकिर गरे । उनले बाम तालमेल मात्र नभई एकिकरणको समेत निक्यौल भएको तर काँग्रेसको एकता चुनावी एकता मात्र भएको पनि प्रष्टयाए ।