म्यान्चेस्टर सिटीको इङ्गलिश प्रिमियर लिग फुटबलमा १३ औं जित

676
views

लन्डन, १८, मंसिर । वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित दर्ता गराएको छ ।
म्यान सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । तर, दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
शीर्ष स्थानमा रहेको म्यान सिटीले दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडसँग ८ अंकको अग्रता कायम राखेको छ । १५ खेलमा म्यान सिटीको ४३ अंक छ भने म्यान्चेस्टर युनाईटेडले समान खेलबाट ३५ अंक जोडेको छ । ३२ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।
इङ्गलिश प्रिमियर लिग फुटबलअन्तर्गत भएको अर्को खेलमा बर्नमाउथले साउथ ह्याम्पटनसँग १–१ गोलको बराबरी खेलेको छ ।