राती १२ बजेदेखी मौन अवधी शुरु

1037
views

नवदृष्टि संवाददाता । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि २१ मंसिर (विहिबार) हुने दोश्रो चरणको निर्वाचनका लागि राति १२ बजेदेखि मौन अबधि सुरु हुने छ ।
४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आजि राति १२ बजेपछि मौन अवधि शुरु हँुनेछ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुञ्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यम कुनैपनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन पाउने छैनन् ।
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने तथा मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्ने निर्वाचन आचार संहितामा उल्लेख गरिएको छ ।