निर्वाचन सुरक्षाका लागि भारती सीमा जोडिएका नाका बन्द

1063
views

वीरगन्ज, १९ मंसिर । मंसिर २१ गते बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि भारतसँग सीमा जोडिएका पर्साका सबै नाका ७२ घण्टाका लागि बन्द गरिएको छ ।
सिमा नाका मंसिर २१ गते राति १२ बजेसम्मका लागि बन्द भएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।


सोमबार बसेको जिल्ला सुरक्षा समिति पर्साको बैठकले भारतसंग सीमा जोडिएका पर्साका नाका बन्द गर्ने निर्णय गरेको हो।
बिहीबार हुने निर्वाचनको सुरक्षामा सीमापारीबाट हुने खतरालाई मध्य नजर राख्दै भारतसँग सीमा जोडिएको पर्साको एक सय सात किलोमिटर सीमा नाका सोमबार रातिदेखि बन्द गरिएको पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले बताए ।
नेपाल भारत सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले साइकल, मोटरसाइकल, रिक्सा, टयाम्पु समेतका सवारीसधानको आवजावतमा रोक लगाएका छन् । सीमा वारपार गर्ने पैदल यात्रुहरुलाइ पनि सुरक्षाकर्मीले शारीरिक खानतलाशी गरेर मात्रै आवात जावत गर्न दिएका छन् ।
पर्सामा रहेका एक सय ६७ वटा मतदान स्थल मध्ये भारतसँग सीमा जोडिएका स्थानमा रहेका ७३ वटा मतदान स्थललाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील मानिएको छ ।