मोरङमा मतदाता परिचयपत्र वितरण

887
views

वीराटनगर, १९ मंसिर । मंसिर २१ को निर्वाचनका लागि मोरङका मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण शुरु भएको छ ।
७५८ मतदान केन्द्रमा खटिएका मतदान गराउने टोलीले आज मङ्गलबार र भोलि(बुधबार) मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन आयोग कार्यालय विराटनगरले जनाएको छ ।
मोरङका छ निर्वाचन क्षेत्रमा छ लाख ४४ हजार मतदाता छन् । निर्वाचन गराउनका लागि सुरक्षाकर्मीबाहेक छ हजार ६४ कर्मचारी परिचालन भएका छन् ।