लण्डनमा फेसबुकको शाखा

818
views

लण्डन, १९ मंसिर । अमेरिकाको सान फ्रान्सिस्कोमा केन्द्रिय कार्यालय रहेको फेसबुक कम्पनीले बेलायतको राजधानी लन्डनमा आफ्नो शाखा कार्यालय खुलाएको छ । शाखामा फेसबुकले विभिन्न पदका ८०० कर्मचारीहरुको माग गरेको छ । उक्त संख्यामा विशेष गरी इन्जिनियरको माग बढी गरिएको छ । पछिल्लो समय अत्यधिक नाफा कमाउन सफल व्यवसायिक संस्थाका रुपमा फेसबुक कम्पनीले आफुलाई स्थापित गराउन सफल भएको छ । मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक कम्पनीको स्थापना गरेका थिए । हाल विश्वका करिब एक चौथाई मानिसले फेसबुक चलाउँछन्। फेसबुक कम्पनीको आम्दानी ७१ प्रतिशतले बढेको छ ।