सुपरहिट जोडी माधुुरी–अनिल १७ वर्षपछि जोडिए

907
views

मुुम्बई । अफ्नो जमानामा सुुपरहिट जोडी अनिल कपुुर र माधुुरी दीक्षित १७ वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । इन्द्रकुुमारको फिल्म ‘टोटल धमाल’ मार्फत उनीहरूले सिल्भर स्क्रिनमा रोमान्स गर्ने भएका हुुन् । यसअघि सन् २००० मा फिल्म ‘पुुकार’ मा एकसाथ देखिएको माधुुरी–अनिलको जोडीले बेटा, परिंदा, तेजाब, रामलखनजस्ता हिट फिल्म दिएको थियो ।
माधुुरीले भनिन्, ‘म १७ वर्षपछि अनिलजीसँग काम गर्दैछुु । अनिलजीसँग पुुनः एकसाथ हुुन पाउँदा रोमाञ्चित छुु । यो एक हास्य र मनोरञ्जक फिल्म हो ।’ धमाल सिररिजको तेस्रो चलचित्रमा अजय देवगन, रितेश देशमुुख, अरसद वारसी र जावेद जाफरी पनि देखिने छन् । एजेन्सी