उच्च सुरक्षा प्रबन्ध सहित पर्वतमा मतगणनास्थल निर्माण

1011
views

पर्वत, २० मंसिर । २१ गते सम्पन्न निर्वाचनको मतगणनाका लागि पर्र्वत जिल्ला अदालतमा उच्च सुरक्षा प्रबन्ध सहित मतगणनास्थल निर्माण गरिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना एकै साथ जिल्ला अदालत परिसरमा गरिने भएको छ ।
३ वटा कोठामा ३ जना प्रतिनिधि चयनका लागि भएको मतगणना हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माले जानकारी दिए । शर्माका अनुसार प्रतिनिधि सभाको एउटा स्थानमा मतगणना हुनेछ भने बाँकी दुई प्रदेश सभाको छुट्टा छुट्टै स्थानमा मतगणना हुने भएको छ ।
मतपत्रको सुरक्षाका लागि राजनैतिक दलका एजेण्टलाई समेत मतपत्र भएको स्थानमा जानबाट रोक्न तारजाली लगाइएको छ ।
जिल्लाका ७४ वटा मतदान स्थलहरुबाट संकलन भएका मतपेटिकाहरुलाई २१ गते देखि नै राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा उच्च सुरक्षाका साथ अदालत परिसरमै राखिनेछ ।