गोली हानाहान

638
views

वीरगन्ज, २३ मंसिर । पटेर्वासुगौलीमा सशस्त्र वनरक्षक र काठ तस्करबीच गोली हानाहान भएको छ । पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ३ मा पर्ने गादी जंगल नजिकै इलाका वन कार्यालय गादी रंगपुरबाट खटिएको टोली र तस्कर समुहबीच बिहिबार राती गोली हानाहान भएको हो । तस्करले भरुवा बन्दुकबाट गोली चलाएपछि सशस्त्र वनरक्षक टोलीले पनि जवाफि फायरिङ गरेको सशस्त्र वनरक्षक रामेश्वर यादवले बताए । उनका अनुसार पार्साको राष्ट्रिय वन क्षेत्रबाट अवैध रुपमा सालको गोलिया साइकलबाट ल्याउँदै गरेका अवस्थामा तस्करसँगै भिडन्त परेको हो जवाफी फायरिङपछि तस्करहरु काठ छाडेर फरार भएका थिए । आजको अन्नपूर्ण दैनिकबाट