पाकिस्तानमा रहेका चीनिया नागरिकलाई सतर्क रहन चीनको आह्वान

701
views

बेईजिङ, चीन, २३ मंसिर । गुप्तचर रिपोर्टमा पाकिस्तानमा रहेका चिनियाँ विरुद्ध आक्रमण हुनसक्ने भन्दै चीनले आफ्ना नागरिकलाई सतर्क रहन आह्वान गरेको छ ।
इश्लामावादस्थित चिनियाँ राजदूतावासले शुक्रबार आफ्नो वेबसाइटमा चिनियाँ नागरिक तथा सङ्घसंस्था विरुद्ध ‘शृङ्खलाबद्ध आतङ्ककारी आक्रमण’ को योजना रहेको सूचना पाएको भन्दै चिनियाँहरूलाई सतर्क रहन आह्वान गरेको छ । सूचनामा विस्तृत विवरण नदिइकनै पाकिस्तानस्थित चिनियाँलाई भीडभाडमा नजान र यथासम्भव घरभित्र रहन आग्रह गरिएको छ ।

विदेशी भूमिमा रहेका चिनियाँ नागरिक पछिल्ला केही बर्ष यता आतङ्ककारी आक्रमणको निशाना बन्दै आएका छन् । यही बर्षको जुनमा पाकिस्तानी क्वेटा शहरमा दुई चिनियाँ शिक्षकमाथि भएको आक्रमणको जिम्मेवारी पनि इश्लामिक स्टेट (आइएस) समूहले लिएको थियो ।

चीनले पाकिस्तानमा व्यापक लगानी गरेको छ । पाकिस्तानमा बेइजिङको ‘बेल्ट एण्ड रोड’ अन्तर्गत ६० अर्व अमेरिकी डलर बराबरको संरचनागत निर्माण योजनामा लगानी गरेको छ भने हजारौँ चिनियाँ कामदारले ती योजनामा काम गरिरहेका छन् ।
पाकिस्तानको बलुचिस्तान प्रान्तमा निर्माणाधीन बन्दरगाह र सडक निर्माण आयोजनामा आतङ्ककारीले पटक पटक आक्रमण गर्दै आएका छन्