दोलखामा एमालेका पार्वत गुरुङ ३० हजार बढी मतले विजयी

1259
views

दोलखा । दोलखामा बाम गठबन्धनका प्रतिनिधिसभाका लागि एमाले उम्मेदवार पार्वत गुरुङ भारी मतले विजयी भएका छन्। उनी ३०६४४ बढी मतले विजयी भएका हुन्। उनले ५५४५७ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र खड्काले २४८१३ मत पाए ।

त्यस्तै प्रदेश सभा १क माओवादीका विशाल खड्का २८३५० मत ल्याएर विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १२९५६ मत ल्याए ।

त्यस्तै प्रदेशसभा १ख मा एमालेका पशुपति चौलागाईँ २३०५८ मतले विजयी भए । उनका निकट्तम प्रतिद्वन्द्वी केशव चौलागाईँले १०८८० मत ल्याए ।