सुत्केरीको ज्यान जोगाउन हेलिकप्टर चार्टर

918
views

कालिकोट, २६, मंसिर । जिल्ला अस्पताल कालिकोटमा अपे्रशनपछि अत्याधिक रक्तश्राव भएर गम्भीर अवस्थामा सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चार्टर गरिएको छ ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ निवासी चन्दा शाही सुत्केरी हुन अप्रेशन पश्चात अत्याधिक रक्तश्राव भएपछि ज्यान जोगाउन हेलिकप्टर चार्टर गरिएको हो ।

जिल्ला स्वास्थ्य, जिल्ला प्रशासन लगायतका सरोकारवाला निकायहरुको पहलमा हेलिकप्टर चाटर गरि टिचिंङ अस्पताल काठमाण्डौमा रिफर गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा.कौशल अलीले सुत्केरी महिला चन्दा शाहीको गर्भवती भएको ४२ हप्ता पुग्दापनि सुत्केरी व्यथा नलागेपछि अप्रेशन गरिएको र अत्यधिक रक्तश्राव भएर केश जटिल भएपछि नेपाल सरकारको लगानीमा हेलिकप्टर चाटर गरि रिफर गरिएको बताउनुभयो ।