प्रतिनिधिसभा प्रत्यक्षको सबै नतिजा सार्वजनिक

593
views

काठमाण्डौ, २७, मंसिर । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रकै नतिजा सार्वजनिक भएको छ । बुधबार बिहान ११ः१५ बजेसम्म अन्नपूर्ण पोस्ट् इलेक्सन पोर्टलमा प्राप्त नतिजा अनुसार एमाले सबैभन्दा बढी ८० स्थानमा जित हासिल गरेको छ। माओवादीले ३६, कांग्रेसले २३, संघीय समाजवादी फोरमले १० र राजपाले ११ स्थानमा जित हात पारेका छन् । अन्य ५ स्थानमा विजयी भएका छन् ।