अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले गरे भारतमा आफ्नै प्रतिमाको अनावरण

706
views

कोलकात्ता, २७, मंसिर । अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाले भारतीय सहर कोलकातामा आफ्नै नाममा नामकरण भएको भव्य पार्क र आफ्नो प्रतिमा आफैंले अनावरण गरेका छन् ।

दोस्रोपटक भारत आएका म्याराडोनाले भारतमा फुटबलका समर्थकबाट भव्य स्वागत समेत पाएका थिए । उनले सन् १९८६ को विश्वकप फुटबल जित्दाको पुरानो क्षणसँग साक्षात्कार हुन पाएका थिए ।

भारतमा रहेको पार्कमा उनाको १२ फिटको भव्य प्रतिमा राखिएको छ । उक्त प्रतिमामा म्याराडोनाले सन् १९८६ को विश्वकपको उपाधि बोकेका छन् । म्याराडोनाको प्रतिमामा सन् १९८० को उनको हेयर स्टायल पनि ठ्याक्कै उतारिएको छ । अर्जेन्टिनाले जितेको सन् १९८६ को विश्वकपलाई स्मरण गर्न सक्छनेछ् ।

हजारौं समर्थकको भव्य स्वागत पाएका म्याराडोनाले आफू फुटबलको भगवान् नभई एक साधारण मानिस भएको प्रतिक्रिया दिए । ‘म फुटबलको भगवान् होइन, एउटा सामान्य फुटबल खेलाडीमात्र हुँ’, म्याराडोनाले भने ।

म्याराडोना सन् २००८ पछि पहिलोपटक कोलकाता आएका थिए । भारत भ्रमणका क्रममा म्याराडोनाले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीसँग ‘च्यारिटी’ खेल पनि खेलेको समाचारमा जनाइएको छ । म्याराडोनाले ११ जना क्यान्सरपीडितलाई जनही १० हजार रुपैयाँ पनि प्रदान गरेका थिए । एजेन्सी