कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान, प्रतिष्पर्धा सकियो–ओली

869
views

काठमाडौं, २७ मंसिर– चुनावका बेला प्रतिष्पर्धी भएकोले कांग्रेससँग केही घोचपेच भएपनि अब त्यो अध्याय सकिएको ओलीको भनाइ छ । ओलीले ‘कुस्ती खेल्न मैदान गएपछि एक आपसमा मुक्का हानाहान हुने तर खेल सकिएपछि बाटामा हिँडेका बेला मुक्का हानाहान नहुने भन्दै अबको पाँचबर्षका लागि चुनावी प्रतिष्पर्धा सकिएको बताए ।’ निर्वाचनमा विजयको बधाइ दिन आएका विभिन्न संघ,संस्थाका प्रतिनिधिलाई बुधबार आफ्नै निवास बालकोटमा संबोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपालीको निर्वाचन बिकास र समृद्धिका लागि जनताको अभिमतको क्रान्ती भएको बताउनु भएको छ । नेपालमा जनताको हक अधिकारको खोजीका लागि कहिले शसस्त्र क्रान्ती, कहिले जनआन्दोलन भए पनि यसपालीको निर्वाचनमा जनताले क्रान्तीकै शैलीमा अभिमत प्रकट गरेको बताए । यसैगरी बधाई दिन आएको च्याम्बर अफ कमर्सको टोलीलाई अध्यक्ष ओलीले अबको नेपाल विकास र समृद्धिको यात्रामा अघि बढेकोले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्ने बताए ।

उनले ‘अब हड्ताल र बन्दको युग सकिएकोले उत्पादन, विकास र समृद्धिको युग सुरु भएको दाबी गरे । ओलीलाई बधाइ दिन अनेरास्ववियूका अध्यक्ष नविना लामा, नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष केदार देवकोटा, आधिकारीक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल,च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ लगायतको टोली आएका बेला यस्तो बताएका हुन् ।