म्यानमारका कमाण्डर ईन चिफ मिन अङ ह्याङ चारदिने नेपाल भ्रमण गरी स्वेदश फिर्ता

810
views

काठमाण्डौ, २७ मंसिर । औपचारिक भ्रमणको सिलसिलामा २४ गते नेपाल आउनुभएका मित्रराष्ट्र म्यानमारका कमाण्डर ईन चिफ अफ डिफेन्स सर्भिस सिनियर जर्नल मिन अङ ह्याङ चार दिने भ्रमण सम्पन्न गरी बुधबार आज स्वदेश फिर्ता हुनु भएको छ ।

सिनियर जर्नल मिन अङ ह्याङलाई नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गई बिदाई गर्नु भएको हो । भ्रमणको क्रममा उहाँलाई मिति २०७४ मंसिर २४ गते जंगी अड्डामा सशस्त्र द्वन्द्व पश्चात् तत्कालिन लडाकुहरुको नेपाली सेनामा भएको सफल समायोजन सहितको शान्ति प्रक्रिया, नेपाली सेनाद्वारा भूकम्पको समयमा पु¥याएको योगदान तथा यसबाट सिकिएको पाठहरु र नेपाली सेनाले संयुक्त राष्ट्र संघको आव्हानमा विश्व शान्ति स्थापना कार्यमा पु¥याएको योगदान एवं सोको अनुभव सम्बन्धी विषयहरुमा जानकारी गराईएको थियो ।

भने नेपाली सेनाले विश्व शान्ति स्थापना कार्यमा पु¥याएको योगदान सम्बन्धि थप जानकारीको लागि उहाँले मंसिर २५ गते काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण समेत गर्नु भएको थियो ।

भम्रणकै क्रममा उहाँले राष्ट्रपति, प्रधानमन्त्री, माननीय रक्षामन्त्री, प्रधानसेनापति लगायत उच्चपदस्थ सैनिक व्यक्तिहरुसँग समेत भेटवार्ता गर्नुभएको थियो । उहाँले लुम्बिनीलगायत नेपालका केही महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गर्नुभएको थियो ।

छिमेकी मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर पार्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।