शान्ति मिसन गुम्ने खतरा

637
views

काठमाडौं । फम्र्ड पुलिस युनिट ९एफपीयू० मिसनका लगि आवश्यक पर्ने आम्र्ड पर्सनल क्यारियर एपीसी खरिद गर्न नसक्दा शसस्त्र प्रशरी बल तत्काल राष्ट्र संघीय शान्ति मिसन जाने अवस्थाबाट वञ्चित हुने देखिएको छ ।
युद्धग्रस्त इलकामा सशस्त्र समुहले गोली प्रहार गरे वा बम, माइनलगायत विस्फोट गराए त्यसबाट जोगीन सुरक्षाकर्मीले एपीसी प्रयोग गर्छन । चार वर्षअघि र्नै पीसी खरिद प्रक्रिया अघि बडाएपनि ठेकेदार र सशस्त्रका आधिकारीत्रीच खिचातानी तथा खरिद विवादका कारण रोकिएको छ ।
सशस्त्रले ग्लोबल टेन्डर आह्वान गरेर कल्याणकारी कोषबाठ खर्च गर्ने गरी नौ वटा एपीसी खरिद प्रक्रिया सुरु गरेको थियो । तर, एलसी खोल्दा सम्झौतामा प्रविधिक त्रुटि देखाउँदै राष्ट्र बैंकले स्विकृति दिएन । प्रिन्सीपल कम्पनीलाई छाडेर सीधै उत्पादक कम्पनीसँग सम्झौता गर्नु नियमविपरित रहेको भनी राष्ट्रबैंकले एलसी अनुमति रोकेको थियो सार्वजनिक खरिद अनगमन कार्यालयले पनि राष्ट्र बैंकको अडानमा सहमति जनाउँदै उत्पादक कम्पनीसँग सीधै खरिद गर्न नमिल्ने प्रतिक्रिया दिएपछि एपीसी खरिद औपचरिक रुपमै रोकियो । आजको अन्नपूर्ण दैनिकबाट