क्यानडामा अर्बपति र उनकी श्रीमती मृत भेटिए

797
views

काठमाडौं, १, पुस । हनी र ब्यारी शेरम्यान परोपकारी कोष संकलनका लागि प्रख्यात थिए । व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ’एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए । प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ । उनीहरुको शव तल्लो तला (बेसमेन्ट) मा फेला परेको बताइएको छ ।

एपोटेक्सका औषधी संसारभर बेचिन्छन् । व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए । प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन् । तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध भएका समाचारहरु सामाजिक सञ्जालमा राखेका थिए ।

एपोटेक्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ “हामी सबै स्तब्ध र दुखी भएका छौं । उनीहरुका चार छोराछोरी छन् । एपोटेक्स सन् १९७४ मा स्थापना भएको थियो र एपोटेक्सकै अनुसार अहिले संसारमा उ सातौं ठूलो औषधी निर्माता कम्पनी हो । फोर्ब्स म्यागेजिनले शेरम्यानको व्यक्तिगत सम्पत्ति ३.२ अर्ब डलर रहेको बताउँछ । विविसी