‘अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवाले भने, सत्ता छाड्न आतुर छु’

689
views

काठमाडौं, १, पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन् । नेकपा ९माओवादीका केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग शनिबार बालुवाटारमा भएको भेटमा देउवाले यस्तो बताएका हुन् ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचनसम्बन्धी राष्ट्रपति कार्यालयमा रहेको विधेयकलाई छिटोभन्दा छिटो जारी गर्न आवश्यक रहेकोमा जोड दिएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

भेटमा देउवाले वाम गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यनिर्वाचनमा प्राप्त गरेको सफलताका लागि अध्यक्ष प्रचण्डलाई बधाई दिएका थिए ।

भेटमा अध्यक्ष दाहालले तीन प्रमुख दलको सहमतिमा मात्र राजनीतिक र संवैधानिक नियुक्ति गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको संयोजक परिवारको भनाइ छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त भइसकेको अवस्थामा संवैधानिक, राजनीतिक र प्रदेशका गभर्नर लगायतका नियुक्ति नगर्न ध्यानाकर्षण गराउनुभएको अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमल्सिनाले जानकारी दिए ।