चुनाव हारेका काँग्रेस नेता गाउँ फर्के

1011
views

कालिकोट ३, पुस । मतले हारेपनि जनमतले नहारेको भन्दै काँग्रेस नेताहरु गाउँ फर्केका छन् । जब(जब चुनाव आउँछ गाउँका कुना कन्दरामा नेता कार्यकर्ताको हुल देखा पर्छ तर काँग्रेसका नेता भने चुनाव हारेपछि गाउँ फर्केका हुन् ।
हारेका नेताहरुले जनताको बीचमा गएर आफुले प्राप्त गरेको मतको कदर गर्न गाउँमा फर्किने संस्कारको सुवात गर्नुपर्दछ भन्दै कालिकोटबाट चुनाव हारेका तरुणदलका महामन्त्री भुपेन्द्रजंङ्ग शाही गाउँ फर्केका हुन् ।

कालिकोटबाट प्रतिनिधि सभा सदस्यका पराजित उम्मेद्वार एवम् नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले मतदातालाई धन्यावाद दिन चुनाव हारिसकेपछि पनि पुनः गाउँफर्क अभियान सुरु गरेको बताउँछन् ।
शाहीले ‘निर्वाचनको परिणाम जस्तोसुकै भएपनी आफुलाई मतदान गर्ने र मन दिने सम्पुर्ण मतदाताहरुलाइ धन्यवाद दिदैं कालिकोटको समृद्धिका लागि गाऊँ फर्केको बताए ।

शाही खाडाचक्र नगरपालिकाको मोल्फा रे तिलागुफा नगरपालिकाको गाल्जेबाट मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्दै गाउँमै जनतामाझ बस्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।उनले आफू हारेपनि जनताकै बिचमा रहने र जनताको सुखदुःखमासाथ दिने बताउँदै सुन्दर कालिकोट, समृद्ध कालिकोटको अभियानमा थप सक्रिय भएर लाग्ने बताए ।

महामन्त्री शाहिले आज पुस ३ गते पलता तथा पचालझरनाको जारकोट र ४ गते सान्नी त्रिबेणि तथा रास्कोटको आरसिपी बजारमा मतदान गर्ने मतदातालाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको जनाएका छन् ।