पार्टी पराजयको नैतिक जिम्मेवारी लिदै काँग्रेस कार्यकर्ताद्वारा फटाफट राजिनामा, देउवा संकटमा

2114
views

नुवाकोट, ३ पुस । हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन्मा नुवाकोटमा नेपाली कांग्रेस पराजित भएको पराजयको नैतिक जिम्मेवारी सबै नेता र कार्यकर्ताले लिनुपर्ने भन्दै नुवाकोट क्षेत्र नम्बर–१ पन्चकन्या गाउँपालिकाका सयोजक बैकुण्ठ खनालले पदबाट राजीनामा दिएका छन् ।

जिल्ला सभापतिलाई सम्बोधन गरेर दिएको उक्त राजिनामाको बोधार्थ क्षेत्रीय समिति र उम्मेद्बार डा. रामशरण महतलाई बुझाएका छन् । खनालले दिएको राजिनामा पत्रमा नेपाली कांग्रेसको १२ औ अधिबेशन देखि आफु नेपाली कांग्रेस पन्चकन्या गाउँकार्यसमितिको सभापति, पुन १३ औं अधिबेशनबाट सर्वसम्मत सभापतिको जिम्मेवारी र भुमिकामा रहेको बताएका छन् ।

उनले निर्वाचनमा जसरी पार्टी संरचनाहरु भातृ संस्था परिचालन हुनपर्ने हो त्यो हुन नसकेको भातृ संगठनका कुनै गतिविधि नहुँदा पार्टीले भोगेको भन्दै आफुले पनि पराजयको हिस्साको नैतिकता जिम्मेवारी लिदै पार्टीको क्रियाशिल सदस्यमा रहने गरि पन्चकन्या गाउँपालिकाको संयोजक र साबिक पन्चकन्या गाबिसको सभापति पदबाट राजिनामा दिन्छु ।

खनालले आफु पदमा नरहेपनि बिगतमा जस्तै सक्रिय रहने जानकारी समेत गराएका छन् । आफ्नो कार्यलकाल सफल गराउन सहयोग गर्नुहुने नेता डा.रामशरण महत, अर्जुन नरसिंह केसी जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, गाउँ कार्यसमिति, गाउँपालिका सह–सयोजकहरु, कार्यसमितिका पदाधिकारीहरुलाई धन्यवाद र कृतज्ञता व्यक्त गरेका छन् ।

उनको यो राजिनामाले पार्टी सभापति शेरबहादुर देउवा समेतलाई नैतिक जिम्मेवारीको हिस्सा लिदैं नेतृत्वबाट राजिनामा दिन दवाव सिर्जन ागर्ने आँकलन गरिएको छ ।