रसुवागढी नाकाबाट रेलमार्ग निर्माण हुन्छ–ओली

1394
views

रसुवा, ४ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवागढी–केरुङ सीमा नाकाबाट रेलमार्ग निर्माण गर्ने बताएका छन् । रसुवागढी केरुङ नाका अवलोकनका लागि आएका ओलीले नेपाल–चीन सीमास्थित टिमुरेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

ओलीले गल्छीदेखि स्याफ्रुबेँसी हुँदै रसुवागढीसम्म दुई लेनको मोटरबाटो सञ्चालनमा ल्याउने उनको भनाइ थियो । सो बाटो ट्रयाक खोल्ने काम अहिले नेपाली सेनाले गरिरहेको छ ।

‘हामीले काठमाडौं, पोखरा र लुम्बिनीसम्म पु¥याउनेगरी रेलमार्ग निर्माण गर्ने भनेको ठाउँ पनि यही हो’, अध्यक्ष ओलीले भने, ‘यो नाका अब सबै हिसाबले अन्तराष्ट्रिय स्तरको बनाइनेछ ।’

मानसरोवर जाने तीर्थ यात्रुलाई समेत यो नाका सहज हुने उनको भनाइ थियो । ओलीको भ्रमण दलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन्। जिल्लाका एमाले नेताहरु पूर्व सांसद जनार्दन ढकाल, पार्टी अध्यक्ष कर्नेल लामा पनि ओलीको टोलीमा छन्। चार वटा हेलिकोप्टरमा आएको अध्यक्ष ओलीको टोलीले बिहान भूकम्पले क्षति पुर्यामएको लाङटाङ उपत्यकाको अवलोकन गरेको थियो ।