कबिर खड्काले डेब्यू गरेको ‘लम्फू’ रिलिज

816
views

काठमाडौं, ४ पुस । नव–नायक कबिर खड्काले डेब्यू गरेको नेपाली कथानक चलचित्र ‘लम्फू’ २०७५ बैशाख २८ गते रिलिज हुने भएको छ ।
नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन गरेका कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, ‘तरकारीवाली’को नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’ बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए ।

गोपालचन्द्र लामिछाने निर्देशित ुलम्फूुले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ, जसमा प्रेमकथा समेत गौण छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।

यो चलचित्रमा भूपतिको लेखन रहेको छ । दिपक बज्राचार्यको छायांकन रहेको ‘लम्फू’मा सम्पादन हरि सिलवालको रहेको छ ।

चलचित्र निर्माता तथा कस्ट्युम डिजाइनर पुनम गौतमले यस चलचित्रमा कस्ट्युम डिजाइन गरेकी छन् । अर्जुन पोखरेलको संगीत रहेको चलचित्रका गीतमा प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतको स्वर रहेको छ ।