गिजाको अप्रेसन गर्दा मृत्यु भएपछि अस्पतालमा तनाव

1056
views

गुल्मी, ५ पुस । गुल्मी । गिजाको अप्रेसन गर्दा एकको ज्यान गएको छ । सदरमुकाम तमघासमा रहेको रेसुंगा अस्पतालमा दाँत दुखेर उपचार गर्न आएका बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पताल तनाव सिर्जना गरेका छन् ।

मलिका गाउँपालिका – ६ अर्जेका शिवलाल अर्याल दाँत दुखेर मंगलबार अस्पताल भर्ना भएका थिए । अर्यालको गिजामा जमेको पिप अप्रेसन गरेर निकालेपछि ठिक हुने डाक्टरले भनेपछि अप्रेसन गरिएको आफन्तहरुले बताए ।

तर गिजाको अप्रेसन पछि होस् नआएको आफन्त बुद्धि गौतमले जानकारी दिए । उनले भने, ‘गिजाको अप्रेसन पछि ठिक हुन्छ भनेपछि अपरेसन गरियोे, तर अप्रेसनपछि होस् नै आएन ।’

सामन्य दाँतको उपचार गर्दा बुबाको मृत्यु भएपछि अर्यालका २१ वर्षीय छोरा समेत वेहोस अवस्थामा छन् । डाक्टरको लापरवाहीका कारण मृत्यु भएको भन्दै आफन्तले शव उठाएका छैनन् भने अस्पतालमा तनाव सिर्जना भएको छ ।