साहित्यमा योगदान पुर्याउने स्रष्ठालाई सम्मान गरिदैं

1228
views

नुवाकोट, ५ पुस । नेपाल साहित्यिक पत्रकार संघ जिल्ला शाखा नुवाकोटले साहित्यमा योगदान पुर्याउने विभिन्न श्रृष्ठाहरुलाई सम्मान गर्ने भएको छ । जिल्लामा विभिन्न साहित्यिक गतिबिधि सञ्चालन गर्दै आएको संघको स्थापनाको वार्षिक उत्सबको अवसरमा पुस २९ गते श्रृष्ठा सम्मान कार्यक्रम गर्न लागिएको संघले जनाएको छ ।

मासिक रुपमा सञ्चालन गर्दै आएको रचना बाचन कार्यक्रमको १२ औ श्रृङ्खला तथा वार्षिक उत्सब कार्यक्रममा नेपाल साहित्यिक पत्रकारिता सम्मान नेपाल साहित्यिक पत्रकार संघका महासचिब काभ्रे जिल्ला निवासी मोहन दुलाललाई प्रदान गरिने संघका अध्यक्ष सुमित्रा पौडेलले जानकारी दिनुभयो ।

यस्तै, युवा साहित्य सम्मान चितवन जिल्लाको सृष्ठा बिष्णु तिवारी उषा, कास्की जिल्लाको श्रृष्ठा देबी त्रिपाठी र बर्दिया जिल्लाको श्रृष्ठा अञ्जु सापकोटालाई सम्मान गरिने भएको छ । यस्तैगरी, नुवाकोट साहित्य सम्मान नुवाकोट साहित्य प्रतिष्ठानको सल्लाहाकार श्रीराम श्रेष्ठ, भगवती खनाल र श्रीधर पाण्डेलाई प्रदान गरिने बताईको छ ।

साथै, मासिक रुपमा गर्दै आएको रचना बाचन कार्यक्रमलाई आगामी महिनाबाट त्रैमासिक रुपमा विभिन्न जिल्लाको ऐतिहासिक एवम् धार्मिक क्षेत्रमा कार्यक्रम गरिने संघले जनाएको छ ।